• सिने खबर

    चलचित्र ‘डिसेम्बर फल्स’ गीतको छायांकन सम्पन्न प्रदर्शन मिति पुस १५

    avatar
    Cine Desk

    An editor at cineSaptahik


    • November 7, 2022
    • 95 पटक पढिएको

    काठमाडौं– आर्यन सिग्देल र उपासना सिंह ठकुरी अभिनित फिल्म ‘डिसेम्बर फल्स’ पुस १५ गतेदेखि देशव्यापी प्रदर्शनमा आउँदैछ ।यही फिल्मको ‘चार घण्टा कुरेको’ बोलको यूगल गीतको हालै छायांकन सम्पन्न भएको छ ।भक्तपुर दरबार स्क्वायरमा भब्य सेट निर्माण गरि चार दिन लगाएर खिचिएको गीतमा आर्यन र उपासनालाई कोरियोग्राफर रामजी लामीछानेले प्रस्तुत गरेको बताइन्छ । दीपक शर्माको शब्द र संगीत रहेको गीत निशान भट्टराई र मेलिना राईले गाएका छन् ।निर्देशक प्रवीण ओझाको निर्देशन र महेश आर गुप्ताको छायांकन रहेको फिल्मलाई निर्माता रामप्रसाद रिजालले निर्माण गरेका हुन् । रिजालले यसअघि वान डे, कसम, धुवाँ यो नशा तथा कायरा निर्माण गरिसकेका छन् ।‘डिसेम्बर फल्स’ उनको पाँचौ फिल्म हो । दुई साताअघि सार्वजनि फस्र्टलुक पोस्टरले चर्चा पाइरहेको फिल्मको टिजर केही दिनमै दर्शकमाझ ल्याउने तयारी निर्माण पक्षको छ ।यो फिल्ममा आर्यन र उपासनासंगै सुमन थापा, नरेश भट्टराई, सलोन बस्नेत, शिवहरि पौडेल, नागेन्द्र रिजाल, शिशिर राणालगायत कलाकारले अभिनय गरेका छन् ।रिजाल एण्ड रिजाल प्रोडक्शनको ब्यानरमा निर्माण भएको यो फिल्मका प्रस्तुतकर्ता रामप्रसाद रिजाल हुन् भने लक्ष्मण रिजाल र असिम काफ्ले कार्यकारी निर्माता तथा रामप्रसाद रिजाल र राजकुमार भट्ट निर्माताको रुपमा रहेका छन् ।यो फिल्ममा बिपीका खनालको कथा, केदार भुसाल र प्रतिक पौडेलको पटकथा/सम्वाद छ भने बनिष शाहले यसलाई सम्पादन गरेका हुन् ।दीपक शर्मा, कोसिस क्षेत्री, सुुसान्त गौतम र प्रतिक पौडेलको संगीत, कविराज गहतराज, रामजी लामीछाने, शिशिर खाती र प्रवीण सिंहको कोरियोग्राफी तथा श्री श्रेष्ठको द्वन्द निर्देशन रहेको यो फिल्मलाई श्रीराम बालाजी फिल्मस्का सुनील मानन्धरले वितरण गर्ने भएका छन् ।

    Facebook Comments