
फिचर
चलचित्र “येबा साम”को ‘तिम्रो गाउँ ‘ गीत सार्वजनिक हुँदै

काठमाडौं।मुहिम फिल्मस प्रा.लि. को प्रस्तुती तथा याक्थुङ फिल्मस प्रा.लि. कम्पनीद्वारा सञ्चालित आगामी फिल्म “येबा साम” को पहिलो गीत शुक्रवार दिउँसो ३:०० बजे सार्वजनिक गरिँदैछ। गीत सेम्पांग फिल्म्स को आधिकारिक यूट्युब च्यानल मार्फत सार्वजनिक गरिने भएको छ ।
फिल्म निर्माण टिमको विवरण यसप्रकार छ:
- कथा, पटकथा तथा निर्देशन: बिक्रम योङहाङ
- निर्माता: रोजा राई
- सह-निर्माता: सीता पयाङगु
- मेनेजमेन्ट निर्देशक: उत्तम योङहाङ
मुख्य कलाकारहरू:
- सम्झना राई
- पुष्कर ढाल
- फुङसो जबेगु
- सागर केरुङ
- उदय बेघा
- लक्ष्मी योङहाङ
- तुलसा लिम्बु
प्राविधिक पक्ष:
- सिङ्गार: तुलसा लिम्बु
- क्यामेरा: अभय चौधरी टिम
- एडिट तथा कलर: भिम बिसोकर्मा
गीत सम्बन्धी विवरण:
- शब्द: बिक्रम योङहाङ
- संगीत: साहिल लिम्बू
- आवाज: साहिल लिम्बू, सुनिता थेगिम, सुनिता सन्याक, मनिका राई
निर्माण टिमले सबै दर्शकलाई गीत हेरेर प्रतिक्रिया दिन र समर्थन गर्न अनुरोध गरेको छ।