
चलचित्र ‘येबा साम’ को गीतमा पीडा, संघर्ष र विभेद

काठमाडौँ।याक्थुङ फिल्मस् प्रा.लि. र मुहिम फिल्मस् प्रा.लि. को संयुक्त प्रस्तुति रहेको नयाँ नेपाली चलचित्र ‘येबा साम’ को गीत ‘तिम्रो गाउँ’ हालै सार्वजनिक गरिएको छ। सामाजिक सन्देशसहितको यस चलचित्रले समाजमा जातको कारणले पर्ने विभेद र त्यसको परिणामलाई मार्मिक ढंगले प्रस्तुत गर्ने निर्देशक बिक्रम योङ्हाङ ले जानकारी दिएका छन्।गीत ‘तिम्रो गाउँ’ मा शब्द बिक्रम योङ्हाङ को रहेको छ भने संगीत साहिल लिम्बू ले भरेका छन्। आवाजमा साहिल लिम्बू, सुनिता थेगिम, र सुनिता सन्याक रहेका छन्।गीतमा मनिका राई को सौन्दर्य प्रस्तुत गरिएको छ भने सिङ्गारमा तुलसा लिम्बु, क्यामराम्यान अभय चौधरी, र ड्रोनमा भूपेन योङ्हाङ को योगदान रहेको छ। भिडियोको सम्पादन, कलर ग्रेडिङ र पोस्ट-प्रोडक्सनको जिम्मा भिम बिसोकर्माले सम्हालेका छन्। पोस्टर तथा टिजर निर्माणमा शेर शाहीको योगदान रहेको छ।चलचित्रको कथा, पटकथा तथा निर्देशन बिक्रम योङ्हाङ स्वयंकै रहेको छ। निर्माता रोजा राई, सह-निर्माता सीता पयाङगु, र व्यवस्थापन निर्देशक उत्तम योङ्हाङ रहेका छन्।चलचित्रमा सम्झना राई, पुष्कर दाहाल, फुङसो जबेगु, सागर केरुङ, उदय बेघा, लक्ष्मी योङ्हाङ, र तुलसा लिम्बु लगायतका कलाकारहरूको अभिनय देख्न पाइनेछ।निर्देशक बिक्रम योङ्हाङका अनुसार, “येबा साम एउटा यथार्थपरक चलचित्र हो, जसले समाजमा जातीय विभेदले ल्याउने पीडा, संघर्ष र सामाजिक परिवर्तनको कथा भन्छ। चलचित्र चाँडै बजारमा आउने तयारीमा छ।”