• फिचर

    चलचित्र ‘मोहर’को गीत सार्वजनिक

    avatar
    Cine Desk

    An editor at cineSaptahik


    • June 19, 2025
    • 253 पटक पढिएको

    निर्माता चुम्बन जंग शाहीको चलचित्र ‘मोहर’ को पहिलो गीत ‘चाहिँदैन मोहर पर्दैन सुकी’ सार्वजनिक गरिएको छ ।आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको गीतको बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो ।  गीतमा मुख्य पात्रहरु पल शाह र नीति शाहबीचको प्रेमालाप देख्न सकिन्छ । एकअर्काप्रति प्रेम र समर्पणको भाव गीतमा प्रस्तुत गरिएको छ । 

    सार्वजनिक गीतमा शरद हुमागाईं र विशाखा शाहीको स्वर रहेको छ भने सुरेश अधिकारीको संगीत तथा प्रमोद ढुंगानाको शब्द रचना छ । रामजी लामिछानेको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा प्रप्सहरुको प्रयोग सुन्दर देखिन्छ । खोलाको बगरमा बनाइएको सेट पनि आकर्षक छ । ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा पल र नीतिसहित अर्जुन जंग शाही, बेनिशा हमाल, मिथिला शर्मा, रविन्द्र झा, लक्ष्मी गिरी, मिस पबी, सुशील देवकोटा, लक्ष्मीनाथ तिमिल्सिना, सिद्धार्थ सिंह, माधव दत्त पण्डित, गीता थापा, नविन खतिवडा,  बाल-कलाकार सारा शर्मा लगायतको अभिनय रहेको छ ।

    चुम्बन जंग शाहीको निर्माणमा बनेको फिल्ममा दिपेन बस्न्यातको डीओपी, भुपेन्द्र अधिकारीको सम्पादन, कुमार महर्जनको द्वन्द्व निर्देशन, कविराज गतहराज र रामजी लामिछानेको कोरियोग्राफी, सुरेश अधिकारी, थानेश्वर गौतम र एसडी योगीको संगीत तथा समीर मियाको भीएफएक्स छ ।

    गत साता सार्वजनिक टिजरमार्फत फिल्मको कथा देउकी प्रथामा आधारित रहेको खुलाइएको थियो । तर, फिल्ममा यो विषय देउकीको मात्र नरहेको ‘देउकी प्रथाको सानो प्लट मात्र टिजरमा देखाएको निर्देशक प्रतिकको भनाइ छ । चलचित्र ‘मोहर’ मा दर्शकले फरक कथाको अनुभूति गर्न पाउनेछन् ।

    Facebook Comments