
नयाँ चलचित्र निर्माण घोषणा

पारिवारिक विषय वस्तुमा आधारित नयाँ नेपाली कथानक चलचित्र निर्माण हुने भएको छ l रे अफ आर्ट द्वारा निर्माण हुन थालिएको कथानक चलचित्रमा विशआइ फिल्म्स प्रालि र शाही फिल्म प्रोडक्सन सहकार्य कम्पनिको रुपमा जोडिएका छन् l औपचारिक छलफल पश्चात तिनै पक्षले चलचित्र निर्माण गर्ने घोषणा गरेका हुन। निर्माण टिमले चलचित्रको टाइटल केहि दिनमै सार्वजनिक गर्ने जानकारी दिएको छ l चलचित्र फ्यामिली ड्रमा कमेडीमा आधारित रहेर निर्माण गरिने निर्माण पक्षले जनाएको छ l पारिवारिक प्रेम, संघर्ष, द्वन्द र साहसको अद्वितीय कथालाइ चलचित्रले नेपाली दर्शकमाझ प्रस्तुत गर्नेछ। यो चलचित्रको कथा र यसले उठान गर्ने विषयप्रति गहिरो रुपमा प्रभावित भएका कारण चलचित्र निर्माण गर्न थलिएको निर्माण पक्षले बताएको छ । चलचित्रको कथा र निर्देशन मदन थापाको रहेको छ l । निर्देशक थापाले यस अघि कथानक चलचित्र ‘बाटो’ रोड टू डेथ निर्माण गरिसकेका छन् l क्रियटिभ डाइरेक्टरको रुपमा शेर शाही रहेका छन् भने कार्यकारी निर्माताका रुपमा रमेश शाही छन् l त्यस्तैगरी सहायक निर्देशकको रुपमा सिर्जना भुजेल, स्टाइल डिरेक्टर को रुपमा विशाखा बिक्रम थापा र बाल कलाकारको रुपमा आयुशी थापा पनि अनुबन्धित भैसकेका छन l चलचित्र लेखक द्वय गणेश उपाध्याय र प्रेम बहादुर थापाले लेखेका छन् l
फिल्मको मुख्य पात्रको लागि निर्माण टिमले केही चर्चित कलाकारहरूसँग कुराकानी गरिरहेको जानकारी गरेको छ भने कलाकारको छनोट प्रक्रिया जारीरहेको जनाइएको छ।त्यस्तैगरि डीओपी को रुपमा निरज कडेल अनुबन्धित भएका छन् भने अन्य प्राविधिक टोलीको चयन लगभग अन्तिम चरणमा पुगेको निर्माण पक्षले जनाएको छ।चलचित्रको छायांकन प्रक्रिया छिटै सुरु गरिने गरी प्रि–प्रोडक्सनको काम धमाधम भैरहेको बुझिएको छ। चलचित्रको प्रदर्शन मिति भने अहिलेसम्म फाइनल गरिएको छैन। निर्माण टिमले दर्शकलाई सस्पेन्समा राख्दै सबै विवरण चरणबद्ध रूपमा सार्वजनिक गर्ने तयारी गरेको छ। नेपाली चलचित्र उद्योगमा ऊर्जा र मौलिक कथावस्तुको खोजी भइरहेको बेला हाल निर्माण हुन थालेको यस चलचित्रले एउटा भिन्न समाजको जल्दो बल्दो ताजा कथालाई लिएर नयाँ तरंग ल्याउने अपेक्षा गरिएको छ। चलचत्रिको काठमाडौंमा अधिघकांश छायांकन हुनेछ भने अन्य केहि दृश्य भ्याली बाहिर छायांकन गर्ने तयारी गरिएको छ ।