• फिचर

    चलचित्र ‘परिवार’ को इण्ड क्ल्याप

    avatar
    Cine Desk

    An editor at cineSaptahik


    • September 1, 2025
    • 1044 पटक पढिएको

    काठमाडौँ l नेपाली कथानक चलचित्र ‘परिवार’ को छायांकन सकिएको छ । काठमाडौँ कगेश्वारी नगरपालिका स्थित शुटिंग रिसोर्टमा फिल्मको अन्तिम छायांकन गरी निर्माण टिमले इण्ड क्ल्याप गरेको छ l सिनेमाको अधिकांश छायाकंन काठमाडौंमा सकेर छायांकन समाप्तिको घोषणा गरेको हो। चलचित्र फ्यामिली ड्रमा कमेडीमा आधारित रहेर निर्माण गरिएको निर्माण पक्षले जनाएको छ l चलचित्रले पारिवारिक प्रेम, संघर्ष, द्वन्द र साहसको अद्वितीय कथालाइ नेपाली दर्शकमाझ प्रस्तुत गर्ने प्रयास गरेको निर्देशकले बताएका छन्। फिल्मको शुटिंग सकिए लगतै दशैंलाई लक्षित गरी गीत सार्बजनिक गर्ने निर्माण पक्षले बताएको छ l

    चलचित्रको कथा र निर्देशन मदन थापाको रहेको छ l निर्देशक थापाले यस अघि कथानक चलचित्र ‘बाटो’ रोड टू डेथ निर्माण गरिसकेका छन् l चलचित्रको लेखन लेखकद्वय गणेश उपाध्याय र प्रेम बहादुर थापाले गरेका छन् l क्रियटिभ डाइरेक्टर शेर शाही, मुख्य सहायक निर्देशक सिर्जना भुजेल, सहायक निर्देशक याम बहादुर बस्नेत र राजिव गहतराज, स्टाइल डिरेक्टर विशाखा बिक्रम थापा रहेका छन् l मुख्य कलाकारहरुमा कामेश्वर चौरसिया, लक्ष्मी बर्देवा, बिनिता बस्नेत, लुनिभा तुलाधर, लक्ष्मीनाथ तिमिल्सिना, गीताश्री थापा , बारिश सोना, राम हरि खड्का , चन्द्रबिर सिंह कंसकार रहेका छन् त्यस्तैगरी बालकलाकारको रुपमा प्रियन्शा थापा रहेकी छन l प्राविधिक तर्फ डिओपी निरज कँडेल, सिनेमाटोग्राफर बिशेष महर्जन र जयन्द्र कुँवर, ग्याफ़र मुकेश ताम्राकार त्यस्तैगरी एक्सन डिरेक्टरमा एनबी महर्जन रहेका छन् l चलचित्र सम्पादन भने भिम बिश्वकर्माको रहेको छ l

    रे अफ आर्टको प्रस्तुति रहेको उक्त चलचित्रमा विश् आइ फिल्म्स र शाही फिल्म प्रोडक्सनको सहकार्य रहेको छ । फिल्म निर्माताको रुपमा रमेश शाही , स्प्रान्जा कँडेल रहेका छन l सहनिर्मातामा विशाखा बिक्रम थापा र लगानीकर्ताको रुपमा किरण रिजाल रहेका छन् l त्यस्तैगरी प्रशासनिक कार्यकारी अधिकृतको रुपमा कैलाश रावल रहेका छन l

    Facebook Comments