• फिचर

    रातो टिका लाएर जमरा गीत सार्वजनिक

    avatar
    Cine Desk

    An editor at cineSaptahik


    • September 22, 2025
    • 253 पटक पढिएको

    काठमाडौँ l नेपाली कथानक चलचित्र ‘परिवार’ को रातो टिका लाएर जमरा गीत सार्वजनिक भएको छ l दशैंलाई लक्षित गरी घटस्थापना दिनको साइत पारेर युनए इन्टरटेनमेन्ट युट्युब च्यानेल मार्फत बजारमा रिलिज गरिएको हो l दशैंको रमझममा सम्पूर्ण परिवार छरछिमेकीहरु टिका पश्चात रमाएको भिडियोमा देखिन्छ l हरेक नेपालीहरुको महान चाड बडा दशैंमा यो गीत घरघरमा बज्ने निश्चित देखिन्छ l गीतको शब्द संगीतले हर कोहीको मन छुन सक्ने सम्भावना देखाएको छ l घरको माहोलमा बुढा पाका बाल बच्चा र युवा सबैलाई भिडियोमा देख्न सकिन्छ l रातो टिका शिर्षकको उक्त गीतलाइ बाबुल गिरि र बबी लिम्बुले गाएका छन् l संगीत, रचना बाबुल गिरिको रहेको छ l कोरियोग्राफर रोशन बिश्वकर्मा रहेको उक्त गीतको भिडियोमा कामेश्वर चौरसिया, लक्ष्मी बर्देवा, लक्ष्मी नाथ तिमिल्सिना, गीता अधिकारी, प्रियाँशु थापा को मुख्य अभिनय रहेको छ l

    परिवार फ्यामिली ड्रमा कमेडीमा आधारित रहेर निर्माण गरिएको चलचित्र हो l चलचित्रले पारिवारिक प्रेम, संघर्ष, द्वन्द र साहसको अद्वितीय कथालाइ नेपाली दर्शकमाझ प्रस्तुत गर्ने प्रयास गरेको निर्देशकले बताएका छन्। चलचित्रको कथा र निर्देशन मदन थापाको रहेको छ l निर्देशक थापाले यस अघि कथानक चलचित्र ‘बाटो’ रोड टू डेथ निर्माण गरिसकेका छन् l चलचित्रको लेखन लेखकद्वय गणेश उपाध्याय र प्रेम बहादुर थापाले गरेका छन् l क्रियटिभ डाइरेक्टर शेर शाही, मुख्य सहायक निर्देशक सिर्जना भुजेल, सहायक निर्देशक याम बहादुर बस्नेत, स्टाइल डिरेक्टर विशाखा बिक्रम थापा रहेका छन् l मुख्य कलाकारहरुमा कामेश्वर चौरसिया, लक्ष्मी बर्देवा, बिनिता बस्नेत, लुनिभा तुलाधर, लक्ष्मीनाथ तिमिल्सिना, गीताश्री थापा , बारिश सोना, राम हरि खड्का , चन्द्रबिर सिंह कंसकार रहेका छन् त्यस्तैगरी बालकलाकारको रुपमा प्रियाँशु थापा रहेकी छन l प्राविधिक तर्फ डिओपी निरज कँडेल, सिनेमाटोग्राफर बिशेष महर्जन र जयन्द्र कुँवर, ग्याफ़र मुकेश ताम्राकार त्यस्तैगरी एक्सन डिरेक्टरमा एनबी महर्जन रहेका छन् l चलचित्र सम्पादन भने भिम बिश्वकर्माको रहेको छ l विश आइ फ्ल्म्स र शाही फिल्म प्रोडक्सनको सहकार्यमा रे अफ आर्ट द्वारा प्रस्तुत गरिएको चलचित्र परिवारका निर्माता रमेश शाही र स्प्रन्जा कंडेल हुन् l

    Facebook Comments