
नयाँ चलचित्र ‘देबराज’ निर्माण गरिने
काठमाडौँ , नयाँ नेपाली कथानक चलचित्र ‘देबराज’ निर्माण गरिने भएको छ l दशैं फूलपातीको शुभ साइत जुराएर निर्माण पक्षले फस्ट लुक पोस्टर सार्बजनिक गरेको हो l फिल्म एक्सन जनरामा केन्द्रित रहेर निर्माण गरिने भएको छ l मुख्य पात्रका रुपमा कैलाश रावल अनुबन्धित भैसकेका छन् l पोस्टरमा कैलाश लाइ एङ्ग्रि लुक्समा देख्न सकिन्छ l कैलाशले यस अघि चलचित्र मिरा र स्याडो अफ अफ रेन्बो मा मुख्य नायक रुपमा अभिनय गरिसकेका छन भने रावायण चलचित्रमा सह नायकका रुपमा प्रस्तुत भैसकेका छन् l फस्ट लुक भएकोले मुख्य पात्रलाई मात्र रिभिल गरिएको तर फिल्म भने पुरै ग्याङ्गस्टर कथामा आधारित रएको चलचित्रका लेखक तथा निर्देशक शेर शाही ले बताएका छन् l काठमाडौँमा लामो समय देखि बस्दै आएका सुदुर पश्चिमको केटाहरु र काठमाडौँको लोकल नेवारी केटाहरु बीचको द्वन्दमा आधारित ग्याङ्गफाइट यस फिल्ममा देख्न सकिने छ l एक्सनमा दर्शकले मार्शल आर्ट र स्टाइलिस् मास मसला बेस एक्सनको मिश्रण रुप देख्न पाउने छन् lछठ पर्व पश्चात धमाधम प्रीप्रोडक्सनको काम थालनी हुने भएको छ l मुख्य नायक बाहेक अन्य कलाकारहरु अनुबन्धित गर्न बाकी रहेको निर्देशकले बताएका छन् lचलचित्रको सम्पूर्ण छायांकन काठमान्डू मै हुनेछ l यस चलचित्रको उत्पादनमा प्रक्रियामा अधिकांश भीएफएक्स,भर्चुअल शुट,मिनिचर सेट, सीजीआइ जस्ता आधुनिक प्रविधि र प्रणाली प्रयोग गरि निर्माण गरिने निर्देशकले बताएका छन् l चलचित्रको कार्यगतिविधि डेभेलपमेन्ट चरणमा रहेको निर्माण पक्षले जानकारी दिएको छ l