• सिने खबर

    एकैसाथ ६ नेपाली चलचित्रको भिडन्त

    avatar
    Cine Desk

    An editor at cineSaptahik


    • November 11, 2022
    • 195 पटक पढिएको

    काठमाडौं– आगामी फागुन १९ गते शुक्रवार एकै साथ ६ वटा नेपाली फिल्म प्रदर्शन हुने घोषणा गरिएको छ ।बुलाकी, परस्त्री, गुलाबी, वर एन्ड बधु, छक्क पञ्जा–४ तथा २.० छड्केले हालसम्म सोही मितिमा सिनेमा हलमा आउने अडान लिएका छन् ।२.० छड्केमा अनमोल केसी मुख्य भूमिकामा छन् । अनमोलको स्टारडमका कारण फिल्म हेर्न दर्शक आउने अनुमान गरिएको छ । त्यसैले होला पाँच वटा फिल्म लाइनमा हुँदाहुँदै पनि यो फिल्मका निर्माताले उक्त दिन यो फिल्म प्रदर्शन हुने घोषणा गरेका ।छक्का पञ्जा समुहले आफ्ना अघिल्ला फिल्मको व्यापार हेरेर पनि उक्त मितिमा जति फिल्म आए पनि सोही मिति रोजेको हुन सक्छ । यसअघिका फिल्मले गरेको सफल व्यवसायका कारण दर्शक आउने अनुमान यो समुहको । त्यसो त यो समुहको फिल्मलाई बिस्तारै समिक्षकले पनि मन पराउन थालेका छन् ।‘परस्त्री’ सुरज पाण्डेको डेब्यू निर्देशनमा बनेको फिल्म हो । फिल्मका लेखक तथा निर्माता दीपेन्द्र के खनाल रहेका छन् भने फिल्मकी निर्माता शर्मिला पाण्डे हुन् । फिल्ममा कोशिस क्षेत्री, शिल्पा मास्के, गौरव बिष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।त्यस्तै, बुलाकी फिल्मको मुख्य भूमिकामा अभिनेत्री सुरक्षा पन्त छिन् । उनको अभिनयको प्रशंसा धेरैले गर्ने गरेका छन् । नेपालको पश्चिमी भेगकी ग्रामिण महिलाको भूमिकामा देखिएकी सुरक्षाको यो भूमिमा हेर्न दर्शक उत्सुक छन् ।समुन्द्र भट्ट निर्देशित ‘गुलावी’ फिल्मको मुख्य भूमिकामा नाजिर हुसेन छन् । समलिङीको कथा उठान गरिएको यो फिल्म पनि दर्शकले पर्खिरहेका छन् । भट्ट र हुसेनको काम हेर्न पनि एक समूह उत्सुक रहेको छ ।मिलन चाम्सको फिल्म ‘बर एण्ड बधु’ पनि फागुन १९ गते नै सिनेमा हलमा लाग्दैछ । विदेशी भूमिमा खिचिएको यो फिल्ममा आँचल शर्मा, विवेक कर्माचार्य र हिमेश पन्तको मुख्य भूमिका छ । महंगो लोकेसन र ठूलो लगानीमा फिल्म बनाउने भनेर चाम्स चिनिन्छन् । त्यसो त घोषणादेखि प्रिमियरसम्म पुग्दा चाम्सले ठूलै लगानी गरेको प्रस्ट देखिन्छ ।अपेक्षा गरिएका फिल्महरु यसरी एकआपसमा जुध्नु सुखद पक्ष होइन । यसले निर्माता र कलाकारलाई त असर गर्छ नै, दर्शकसमेत कुन फिल्न हेर्ने भन्ने अन्योलमा पर्छन् ।

    Facebook Comments