• फिचर

    रे अफ आर्ट्सले नयाँ चलचित्र निर्माण गर्दै

    avatar
    Cine Desk

    An editor at cineSaptahik


    • August 20, 2026
    • 122 पटक पढिएको

    काठमाडौं । नेपाली चलचित्र निर्माणमा सक्रिय रे अफ आर्ट्स प्रालिले आफ्नो नयाँ चलचित्र ‘हाम्रो सानो घर’ निर्माण गर्ने भएको छ । रे अफ आर्ट्सको ब्यानरमा बन्न लागेको यो चलचित्रमार्फत चर्चित लेखक सुमन गजमेरले निर्देशनमा डेब्यु गर्ने भएका छन् । चलचित्रको कथा, पटकथा तथा निर्देशन गजमेर स्वयंले गर्नेछन् । चलचित्रमा जेनेरेसन–जेड (Gen Z) पुस्ताको प्रेम, सपना, सम्बन्ध र सामाजिक यथार्थलाई कथाको केन्द्रमा राखिनेछ । रे अफ आर्ट्सले यसअघि चलचित्र ‘परिवार’ निर्माण गरिसकेको छ, जुन हाल पोस्ट–प्रोडक्सनको अन्तिम चरणमा छ । चलचित्रसँगै कम्पनीले म्युजिक भिडियो, सिरिज तथा डकुमेन्ट्री निर्माणमा समेत काम गर्दै आएको छ ।

    प्रेमकथामा आधारित ‘हाम्रो सानो घर’ले मनोरञ्जनसँगै जातीय तथा वर्गीय विभेद, बदलिँदो सामाजिक सोच र नयाँ पुस्ताका आकांक्षालाई समेत उठान गर्नेछ । चलचित्रका कलाकार तथा प्राविधिक टोली छनोटको काम अन्तिम चरणमा पुगेको रे अफ आर्ट्सले जनाएको छ । लेखकका रूपमा ‘रंगी’, ‘एक्का तीन : च्याप्टर १’, ‘शेर्वा’ लगायतका चलचित्रमा काम गरिसकेका गजमेरले ‘हाम्रो सानो घर’ मार्फत निर्देशकका रूपमा नयाँ यात्रा सुरु गर्न लागेका हुन् । रे अफ आर्ट्सको यो नयाँ चलचित्रप्रति नेपाली चलचित्र क्षेत्रमा चासो बढेको छ ।

    Facebook Comments