• संगीत

    लोक रक ब्याण्ड नेपथ्यले ल्यायो नयाँ गित ‘भट्भटे आयो’

    avatar
    Cine Desk

    An editor at cineSaptahik


    • November 11, 2022
    • 193 पटक पढिएको

    काठमाडौं– नेपाली लोक रक ब्याण्ड नेपथ्यले ‘भट्भटे आयो‘ गीत सार्वजनिक गरेको छ l
    ‘भटटट भटटट भट्भटे आयो
    बाटो छोड् छोड् छोड्’

    धुनबाट एउटा बेग्लै स्वाद र संवादको यो नयाँ प्रस्तुतीसँगै नेपथ्यको एउटा नयाँ श्रृंखलाको पनि सुरुवात भएको छ । तीन दसक पुरानो यो ब्याण्डले आफ्ना श्रोताहरुमाझ एघारौं एल्बमको कोशेली प्रारम्भ गर्दैछ ।छ वर्षपछि पहिलोपटक रेकर्ड गरिएको यो ‘भटभटे’ गीत एघारौं एल्बमको गीत बन्नपुगेको छ । गीतसँगै शब्दहरुलाई प्राथमिकताका साथ प्रस्तुत गरेर तयार पारिएको म्यूजिक भिडियो पनि सार्वजनिक गरिएको छ । भिडियोमा मोटरसाइकल चढ्दै काठमाडौं सहर घुम्नेहरुको दृश्य देख्न सकिन्छ । सात मिनेट १५ सेकेण्ड लामो यस म्यूजिक भिडियोका लागि मोहन पुन मगरले क्यामरा र सम्पादन सम्हालेका छन् । क्यामरामा उनलाई मनिष महर्जनले साथ दिएका छन् भने प्रबोध श्रेष्ठले ‘ग्राफिक्स’ मार्फत् भिडियोको परिमार्जन गरेका छन् । यस भिडियोका परिकल्पनाकार प्रबोधका अनुसार हाल प्रचलनमा रहेको ‘मोटो भ्लग’को रुपमा यसलाई प्रस्तुत गर्ने कोशिस गरिएको छ । म्यूजिक भिडियोको निर्माण नेपालयले गरेको हो ।नेपथ्यको आधिकारिक युट्युब च्यानलमा प्रस्तुत यस भिडियोसँगै अब यो गीत विश्वभरिका श्रोतामाझ सार्वजनिक भएको छ । यो गीत तयार पार्नका लागि अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका हुन् ।

    Facebook Comments