• रङ्गमञ्च

    मण्डला नाटक घरमा ‘सुनकेशरी’ मञ्चन

    avatar
    Cine Desk

    An editor at cineSaptahik


    • November 11, 2022
    • 328 पटक पढिएको

    काठमाडौँ । नाटक ‘सुनकेशरी’ काठमाडौँको थापागाउँस्थित मण्डला नाटक घरमा मञ्चन भइरहेको छ । स्व. सत्यमोहन जोशी द्वारा लिखित यो नाटकलाई राजन खतिवडाले निर्देशन गरेका छन l चर्चित नाटक कर्णाली प्रदेशको प्रचलित लोककथामा आधारित छ । स्थानीय एक युवतीले आफ्नो सुन्दरताका कारण भोग्नु परेका तीतामीठा कथालाई ‘सुनकेशरी’ मा प्रस्तुत गरिएको छ । नाटकमा परीक्षा लिम्बू, खगेन्द्र साउद, रीता सैँजु, सुवास गिरी, सुजिता सिवाकोटी लगायतका कलाकारहरूको अभिनय रहेको छ। उमेश तामाङ कार्यकारी निर्माता रहेको यस नाटकमा संगीत संयोजन अनुपम शर्माले गरेका छन् । विक्रम सम्बत २०६६ सालमा मण्डला थिएटर नेपालले बङ्गलादेशको ‘रंगो हर्षे, बिंगो वर्षे’ नाट्य महोत्सवमा पहिलो पटक यो नाटक मञ्चन गरेको थियो । त्यही वर्ष नेपालमा आयोजना भएको ‘काठमाडौँ अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ र तत्कालीन समयमा अनामनगरमा रहेको मण्डला नाटकघरको उद्घाटनमा समेत यही नाटक  मञ्चन गरिएको थियो । मण्डला नाटक घरमा यो नाटक अहिलेसम्म ३ पटक मञ्चन भइसकेको छ । कात्तिक १८ देखि मञ्चन भएको नाटक ‘सुनकेशरी’ सोमबार बाहेक कार्तिक २७ गतेसम्म मञ्चन हुनेछ ।

    Facebook Comments