• फिचर

    ‘छड्के–२’ प्रदर्शनको संघारमा

    avatar
    Cine Desk

    An editor at cineSaptahik


    • February 22, 2023
    • 223 पटक पढिएको

    काठमाडौं-  नेपाली फिल्म ‘छड्के–२’ प्रदर्शनको संघारमा छ ।यही फागुन १९ गतेदेखि प्रदर्शनमा आउने यो फिल्मको मुख्य भूमिकामा अनमोल केसी रहेका छन् ।अनमोल केसी मुख्य भूमिकामा रहेकाले पनि यो फिल्म दर्शकमाझ प्रतिक्षित बनेको छ । ग्याङस्टरको कथा बोल्ने ‘छड्के–२’ ले तीन वटा ग्याङ रोयल मनाङ ग्याङ, बारुलाज ग्याङ र ग्रीन ग्याङको कथा भन्छ, जसको उद्धेश्य मनाङको प्राकृतिक स्रोतको संकलन र त्यसबाट प्राप्त धन आर्जन गर्नु हो । तीनवटा ग्याङमध्ये एउटा ग्याङको नेता अनमोल केसी हुन्‌, जसको शरीरभरी ट्याटु हुन्छ ।फिल्ममा अनमोल केसीको साथमा रोबिन तामाङ,कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, देवु श्रेष्ठ, रेशा आले मगर, इयान स्कट क्लेमेन्ट, सन्तोष मिजार, अफरान अलि, निगम श्रेष्ठ, चिरन्जिबी अधिकारी, कुमार घलान लगायत कलाकारको अभियन छ ।

    मस्को सिंह र राजेन्द्र सापकोटाको छायांकन रहेको सिनेमामा राजकुमार उप्रेतीको एक्सन र रवि चौधरी/लोकेश बज्राचार्यको सम्पादन छ ।निर्भाना फिल्म स्कुल, काभ्रे फिल्म्स र मेधा प्रोडक्सनको व्यानरमा निर्मित सिनेमामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ निर्माता छन् । कार्यकारी निर्मातामा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् ।

    Facebook Comments