• फिचर

    चलचित्र निर्देशक समाजको अध्यक्षमा पराजुली

    avatar
    Cine Desk

    An editor at cineSaptahik


    • April 1, 2023
    • 179 पटक पढिएको

    काठमाडौँ । चलचित्र निर्देशक समाजको अध्यक्षमा जनकदीप पराजुली निर्वाचित भएका छन्। काठमाडौँमा सम्पन्न १५औँ साधारण सभाले पराजुलीको नेतृत्वमा पदाधिकारीसहित नयाँ नेतृत्व चयन गरेको हो ।निर्देशक तथा कलाकार उत्तम केसीका अनुसार उपाध्यक्षमा सुभाष गजुरेल र दीपशिखा खड्का, महासचिवमा अरुणकुमार प्रधान, सचिवमा देवेन्द्र पाण्डे, कोषाध्यक्षमा समुन्द्र भट्ट, सहकोषाध्यक्षमा राज बस्न्यात सर्वसम्मत भएका छन् ।यसैगरी, सदस्यहरुमा दीपक वली, सौरभ चौधरी, अम्बर ओली, सत्यराज चौलागाईं, उत्सव केसी, अमृतमान महर्जन चयन भएका छन् भने सह सदस्यमा भने सीमा गुरुङ्ग र रामकुमार श्रेष्ठ चयन भएका छन् ।

    Facebook Comments