• फिचर

    चलचित्र दिमाग खराबले नाम अनुसार दिमाग खराब गर्दैन

    avatar
    Cine Desk

    An editor at cineSaptahik


    • November 11, 2023
    • 425 पटक पढिएको

    घटना न. १) बैदेशिक रोजगारीका निम्ति बिमानस्थल पुगेका एक तराइमुलका युबक चेक-जाचको लाइनमा चप्पलमा थिए l

    घटना न.2) लाखौ रुपिया लिएर एक मेनपाबर कम्पनीले भिजिट भिषामा दुबै पठाउन लागेका करिब एक सय जना युवाहरुलाई त्रिभुवन बिमानस्थल बाट फर्काइयो l

    घटना न.३) ठुला भनिएका पुराना दलहरुको एक छत्र मनमानी बिरुध्ह केही स्वतन्त्र /नया अनुहारहरु ले स्थानिय र संघीय निर्वाचनमा उम्मेद्वारी दिए र सान्दार ढगले चुनाव जिते l

    घटना न.४) राज्नेतिक /सामाजिक बिषयलाई दिनहु जसो सडकमा प्रदर्शन गर्दै ताल -तालका अभियन्ताको उदय र तिनलाई सामाजिक सन्जालमा भाइरल बनाउने युटुबरहरुको कमाल l

    माथी उल्लेखित घटना/समाचारहरुको जोड-जाड अथवा टिपोटहरु लाई आधार बनाएर तैयार गरिएको चलचित्र -दिमाग खराबको दर्शक मैत्री प्रथम प्र्दर्शन हिजो सम्पन्न भयो । चलचित्रको कथा बस्तु र लेखकिय सीप ज्यादै सामान्य छ । घटनाक्रम र तिनको बिकासक्रममा अत्यधिक नाटकियकरणको उपयोग निर्देशकले गरेका छन ।बिसङत राजनीति र त्यसकै जगमा मौलाएको भ्रष्टाचार ,नातावाद र ब्यभिचार बिरुध सगठित नया युवा संघर्ष अपरिहार्य रहेको ठहर चलचित्र दिमाग खराबको छ । बैदेशिक रोजगारीबाट पिडित युवा श्रमिकहरु , तिनमा आश्रित परिवारहरु मात्र नभएर बिकृत राजनीतिबाट वाक्क-दिक्क भएका आम नेपाली नागरिकहरुमा निराशाबाट आशातर्फ लैजाने जुन प्रयत्न यस चल्चित्रले गरेको छ । फिल्म ब्यबसायिकधारमा बनाइएता पनि उत्प्रेरणाको कोणबाट यसको धारमा प्रगतीशिलता छ ।चलचित्रमा चल्तीका अनावस्यक नग्न्ता र आइटमहरु कतै नदेखिनु यस फिल्मका निर्माता ,निर्देशकको अर्को सचेत पक्ष हो ।

    फिल्मको कमजोर पक्ष :अत्यधिक नाटकियकरण , कमजोर पटकथा र सम्बाद तथा कलाकारको अनउयुक्त चयन ।समग्रमा दिमाग खराबले नाम अनुसार दिमाग खराब गर्दैन बरु हल बाहिर आए पछी दिमाग ठिक भएको महसुस दर्शकले गर्ने छन ।

    Facebook Comments