• फिचर

    ‘परिवार’ को दसैँ गीत मिलियन भ्युज क्लव नजिक पुग्दै

    avatar
    Cine Desk

    An editor at cineSaptahik


    • October 10, 2026
    • 105 पटक पढिएको

    काठमाडौँ । चलचित्र ‘परिवार’को दसैँ गीत ‘रातो टीका’ सार्वजनिक भए लगतै आठ लाख साठीहजार दर्शकले हेरिसकेका छन्। भ्युजको रफ्तारलाइ हेर्दा केहि दिन भित्रै मिलियन क्लवमा पुग्ने निश्चित छ। गीत म्युजिक नेपालको युट्युब च्यानेलबाट सार्वजनिक गरिएको हो। बाबुल गिरीको शब्द संगीत रहेको उक्त गीतमा बाबुल गिरि र बबी लिम्बुको स्वर रहेको छ। पारिवारिक कथामा आधारित नेपाली कथानक चलचित्र ‘परिवार’ आगामी चाडपर्व (दसैँ र तिहार) को अवसर पारेर कार्तिक १३ गतेदेखि देशभरका सिनेमा हलहरूमा एकसाथ प्रदर्शनमा आउदैछ। दसैँको बिदामा रहेका आम दर्शकले आफ्ना परिवारसँगै बसेर यो चलचित्र हेर्न पाउन् भन्ने उद्देश्यले यसको प्रदर्शन मिति तय गरिएको निर्माण टिमले जनाएको छ। डान्सिङ नम्बरको रुपमा प्रस्तुत गरिएको गीतमा दसैँको टिका लगाएपछिको रमाइलो माहोललाई प्रस्तुत गरिएको छ । विभिन्न मंच तथा कार्यक्रमहरुमा उक्त गीतमा नाच्न गुनगुनाउन र झुम्न थालिसकेका छन । गीतमा फिल्मका कलाकारहरू कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, लक्ष्मीनाथ तिमिल्सिना, प्रियान्शु थापा , सोनिया धामी लगायतको अभिनय छ । गीतमा प्रयोग गरिएका लिङ्गे पिङ, चिटिक्क सजाइएका घर, सफा आँगनले टिपिकल गाउँको झल्को दिएको देखिन्छ ।

    मदन थापाको निर्देशनमा बनेको यस चलचित्रमा शेर शाही क्रिएटिभ डिरेक्टरका रूपमा रहेका छन्। चलचित्रको कथा प्रेम थापा र गणेश उपाध्यायले संयुक्त रूपमा लेखेका हुन् भने चलचित्रको प्राविधिक पक्ष अन्तर्गत डिओपी निरज कँडेल,सिनेमेटोग्राफी विशेष महर्जन, द्वन्द्व निर्देशन एनबी महर्जन, स्टाइल डिरेक्सन विशाखा बिक्रम थापा, चिफ एडी सिर्जजा भुजेल, असिस्टेन्ट डिरेक्टर राजिव गहतराज, लाइन प्रोड्युसर वारिस सोना, कार्यकारी निर्माता कैलाश रावल, साथै निर्माता रमेश बहादुर शाही र सह निर्मातामा आरम्भ रिजाल , हर्ष कुमार यादव रहेको यस चलचित्रलाई ‘रे अफ आर्ट’ कम्पनीले ‘शाही फिल्म प्रोडक्सन’ र ‘विशआइ फिल्म्स’सँगको सहकार्यमा निर्माण गरेको हो।
    फिल्ममा नेपाली चलचित्र जगतका प्रतिभाशाली कलाकारहरूको मुख्य अभिनय रहेको छ। चलचित्रमा कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, विनिता बस्नेत, लुनिभा तुलाधर, लक्ष्मीनथ तिमल्सिना, बारिश सोना र प्रियान्शु थापा लगायतका कलाकारहरूले प्रमुख भूमिका निर्वाह गरेका छन्।
    फिल्मको पोस्टर , टिजर यस अगावै सार्वजनिक भैसकेको छ। दर्शकमाझ चलचित्रलाई लिएर चासो र कौतूहल बढेको पाइन्छ ।

    Facebook Comments